तपाईँ सुन्दै हुनुहुन्छः

अवैध उत्खन्न बन्द गर्न स्थानीयको माग

महोत्तरी । बन्दाबन्दीको समयमा महोत्तरीको गौशाला नगरपालिका ८ स्थित मरहा खोलामा भैरहेको अवैध उत्खन्न बन्द गर्न स्थानीयहरुले माग गरेका छन् ।

नियमविपरीत अबैध ढंगले नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न भन्दै आज स्थानीयले नगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरेका छन् । स्थानीयहरुले पटक पटक अबैध उत्खन्न बारेमा नगरपालिकामा जानकारी गराउँदा समेत कहिकतैबाट पहलकदमी नभएपछि वाध्य भएर विरोधमा उत्रिएको स्थानीय सुरेश महतोले बताउनुभयो ।

गत साता नदी अवलोकनमा गर्न पुगेका संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले दिएको निर्देशन विपरित स्थानीय क्रसर सञ्चालकले दिनदहाडै नदी उत्खन्न गर्दा समेत सम्बन्धित निकाय मुकदर्शक भएपछि नगरपालिका घेराउ गर्न आएको महतोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button