तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस विरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अनुसन्धानकर्ताहरुको दाबी

काठमाडौं-बाँदरमा गरिएको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको अनुुसन्धानकर्ताले बताएका हुन ।

लण्डन स्कुल अफ् हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डाक्टर स्टिफिन इभान्सले बाँदरमा गरिएको अनुसन्धानको नतिजा राम्रो खबर भएको भन्दै अक्सफोर्ड भ्याक्सिनको लागि निकै ठूलो उपलब्धि भएको बताएका छन । बेलायती र अमेरिकी अनुसन्धानकर्ताहरुले छ वटा बाँदरको एक समूहमा यो खोपको प्रयोग गरेको र अहिले त्यो खोपले काम गरिरहेको बताएका हुन ।

खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लागेको जनाइएको छ । कोरोना भाइरसको सम्पर्कमा आएपछि यो खोपले ती बाँदरको फोक्सो क्षति हुनबाट बचाएको र शरीरमा भाइरसको कपी बन्न र बढ्न रोकिएको छ । नाकमा भने अझै भाइरस सक्रिय रहेको सोधकर्ताको भनाइ छ । गत मे ते¥हसम्म शोधको लागि स्वेच्छाले झण्डै एक हजार मानिसमा परीक्षणको रुपमा यो खोप लगाइएको छ ।

अबको एक महिनासम्ममा केही स्पष्ट निष्कर्ष आउने आशा सोधकर्ताको छ । अब यो खोप मानिसमा परीक्षण गरिने छ । वैज्ञानिकले खोपको जाँच पनि गर्नेछन् । अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका शोधकर्ताहरुसँग मिलेर कोरोना भाइरसको खोपको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button