तपाईँ सुन्दै हुनुहुन्छः

कोशी अञ्चल अस्पताबाट १ जना कोरोना सक्रंमित डिस्चार्ज

विराटनगर । विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज वेलुुका डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।

आज डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई विराटनगर स्थित रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।

अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button