तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण अस्पतालमा सङ्क्रमण वार्ड सिल गर्ने तयारी

काठमाडाैँ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button