तपाईँ सुन्दै हुनुहुन्छः

लहानमा टाउको बिनाको शव फेला

लहान । सिरहाको लहान नगरपालिका–१७ को पोखरी नजिक एक पुरुषको शव फेला परेको छ । सोही वडा बस्ने अन्दाजी ३७ वर्षीय सफिद मियांको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको घाँटी रेटी टाउको बिनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय लहानका डि.एस.पी. शरत थापा क्षेत्रीले बताउनुभयो ।

ईलाका प्रहरी कार्यलय लहान, सशस्त्र प्रहरी वेसक्याम्प लहानको टोली घटनास्थलमा पुगेर त्यो एरियालाई शिल गरी मृतकको टाउको खोजि गर्ने कार्य भइरहेको छ ।

घटना जटिल भएकोले सुक्ष्म अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रदेश–२ का प्रहरीको टोलीलाई समेत परिचलान गरिएको बताइएको छ ।

मुस्लिम समुदायहरुको रमजान चलिरहेको बेला मृतक मियां राती करीव २:०० बजे घरबाट गायव भएको पारिवारिक श्रोतले जनाएको छ । उनी सुस्त मनिस्थितिको रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button