तपाईँ सुन्दै हुनुहुन्छः

राजदुतमार्फत सरकारले दियो भारतलाई लिपुलेकबारे ‘कूटनीतिक नोट’

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गर्नुभएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकमा भएको निर्माणबारेमा औपचारिक धारणा माग गर्नुभएको हो ।

‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमाको विषयमा नेपालको धारणाबारे जानकारी गराउनु भएको छ र यसै विषयमा एउटा कुटनीतिक नोट बुझाउनु भएको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ।

राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गर्नुभएको हो ।
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने बताउनुएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button