तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ७ दिन सिल गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत । हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशलाई ७ दिन सिल गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी सुदूरपश्चिम प्रदेश र ५ नम्वर प्रदेशमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रणक गर्नका लागि आजै राती १२ बजेदेखि लागु हुने गरी २९ गते सम्म कर्णाली पूर्ण रुपमा सिल हुनेछ । त्यस्तै प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली समेत खटाइने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button