तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड

ललितपुर । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सांसद पम्फा भुसालले कोभिड–१९ को सङ्क्रमण मुलुकमा दिनानुदिन देखिँदै गएका कारण सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड दिनुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाले यहाँ आयोजना गरेको ‘ललितपुर क्षेत्र नं २ र ३ का प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुबीचको छलफल कार्यक्रम’ मा आज भुसालले कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्कन सक्ने कुरालाई ध्यानमा राखी कृषिमार्फत मुलुकमै रोजगार सिर्जना हुने वातावरण बनाउनुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले हालको अवस्थामा दूरी कायम गरी उत्पादनमा लाग्नु सर्वोत्कृष्ट विकल्प रहेको मत व्यक्त गर्नुभयो ।

क्षेत्र नं ३ प्रदेशसभाका सभासद राजकाजी महर्जनले किसान तथा श्रमिकले जुनसुकै कार्यथलोमा दूरी कायम गरी कृषि तथा विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

क्षेत्र नं २ क सो सभासद माधव पौडेलले बढ्दो शहरीकरणका कारण कौसी खेतीमार्फत तरकारीमा आत्मनिर्भर बन्न सकिने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यहाँका बाँझो जमीनमा खेती गराउन निर्देशिका तयारबारे छलफल भइरहेको बताउनुभयो ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक दिनेश कार्की, विपत् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बन्दाबन्दी र यसले सिर्जना गरेको परिस्थितिका विषयमा छलफल गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button