तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन वन कार्यालयद्वारा काठसहित दुई जना पक्राउ

बारा । डिभिजन बन कार्यालय सिमरा, बाराले हिजो राती १२ बजे सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोल्हबी नगरपालिका वडा नं.३ बस्ने वर्ष २१ का शिव माझी र वर्ष १६ का अभिनाश चौधरी रहेका छन् । उनीहरुलाई सब डिभिजन कार्यालय कोल्हबीको गस्ती टोलीले राती १२ बजे काठ काटिरहेका अवस्थामा पक्राउ गरेको डिभिजन बन कार्यालय सिमरा, बाराको प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट दुई वटा १३ क्युफिटको सालको काठ एक थाना आरा र दुई वटा साईकल बरामद गरिएको छ । जिल्ला अदालत बारा बाट म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button