तपाईँ सुन्दै हुनुहुन्छः

पुर्व राज्यमन्त्री रावललाई पितृशोक

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य एवं पुर्व राज्यमन्त्री प्रकाश रावललाई पितृशोक परेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुर खैरेनी निवासी पुर्व राज्यमन्त्री रावलका बुवा मेहर सिंह रावलको निधन भएको हो ।

केही दिनयता अस्वस्थ रहनु भएका ८९ वर्षीय मेहर सिंह रावलको बुधबार बिहान आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

उहाँका चार छोरा रहेका छन् । मृतक रावलको पार्थिव शरीरलाई महाकाली आर्यघाटमा आजै अन्तिम दाहसंस्कार गरिएको छ ।

उहाँको निधन प्रति विभिन्न संघसंस्था तथा व्यक्तिहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button