तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा अहिलेसम्म एक हजार ९९० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

डोटी – डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ ।

कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ र्यापिड डायग्नोष्टिक टेस्ट(आरडिटी)गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।

पिसिआर र ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए/नभएको बारे जानकारी लिन ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० विधिबाट परीक्षण गरिएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button