तपाईँ सुन्दै हुनुहुन्छः

खुकुरी प्रहारबाट दाजुको हत्या

दोलखा । मौरीको घारको विषयमा विवाद हुँदा दोलखाको शैलुङ गाँउपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।

शैलुङ गाँउपालिका वडा नम्बर ३ का ५३ बर्षिय भाइ रामबहादुर खड्काले आफ्नै सहोदर दाइ ५७ बर्षिय दुर्गाबहादुर खड्काको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो ।

घट्नाको जानकारी आए लगतै प्रहरीले अभियुक्त रामबहादुर खड्कालाई खुकरी सहित पक्राउ गरेको र घाईते दाजु दुर्गाबहादुरलाई उपचारको लागि धुलिखेल अस्पताल लादैगर्दा बाटोमै मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक बोहोराले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button