तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फिर्ता

कैलाली । कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक निको भएर घर फर्किनुभएको छ ।

कोरोना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको दोस्रो र तेस्रो रिर्पाेट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिनु भयो ।

घर फर्किने क्रममा सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदी सेती अस्पतालमै पुग्नु भएको थियो । मन्त्री सुबेदी, अस्पताल विकास समितिका अध्यक्ष दुर्गादत्त जोशी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज जोशी लगायतले फूल दिएर उहाँलाई बिदाइ गर्नुभएको थियो । अस्पतालकै एम्बुलेन्समा युवकलाई घर पुर्याइएको हो ।

भारतबाट ११ गते घर फर्किएका उनलाई चैत्र २२ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button