कार्यकारी निर्देशकका पिताको निधन
काठमाण्डौ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीका पिता बद्रीबहादुर कार्कीको आज विहान निधन भएको छ ।
९५ वर्षीय स्वर्गीय कार्की विगत दश वर्षदेखि मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय कार्कीलाई गए राती अक्समात पीडा भएपछि सिरहाको लहानस्थित एक अस्पतालमा उपचारका लागि पुर्याईएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।
प्रतिक्रिया राख्नुहोस्