इमाइल तेक्वान्दो डोजाङका खेलाडीले जिते ५ पदक
अजय बम । भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागी भएका इमाइल तेक्वान्दो डोजाङका खेलाडीले ५ पदक जितेकान छन् ।
२३, २४ र २५ अगस्टमा भएको च्याम्पियनसिपमा इमाइलका ३ खेलाडीले स्वर्ण र दुई खेलाडीले कास्यसहित कुल ५ पदक जितेका हुन् ।
स्वरुप राज राईले पुम्से यु–१० मा कास्य पदक जिते । स्वरुप राज राईले नै स्पाइरिङ ३८ केजीमुनि स्वर्ण, अनलित लिम्बुले ४१ केजीमुनि स्वर्ण र अनिष ठकुरीले ५८ केजी मुनि स्वर्ण जित्न सफल भएका थिए । समिर थापाले ८७ केजीमुनि कास्य जितेका थिए ।
सोही प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्री विश्व राई बेस्ट रेफ्री चुनिए ।
प्रतिक्रिया राख्नुहोस्