नेपालगन्ज नाका पारी भारतको रुपैडिहामा दुई हजार नेपाली अलपत्र
नेपालगन्ज । बाँकेको नेपालगन्ज नाका पारी भारतको रुपैडिहामा दुई हजार नेपाली अलपत्र परेका छन् ।
दुई दिनदेखि अलपत्र परेका उनीहरुलाई उद्धार गरेर नेपाल ल्याउने विषयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।
उहाले नाकामा उनीहरुको आरडिटी परिक्षण गरेर सम्वन्धित जिल्लाका पालिकाले बनाएका क्वारेन्टाइनमा पठाइने बताउनुभयो ।
एक डेढ साता यता करिब सात सय नेपाली नेपालगञ्ज नाका भएर नेपाल प्रवेश गरिसकेका छन् । बाँकेमा अहिले भारतबाट आएका एक हजार दुई सय २५ मानिसहरु क्वारेन्टाइनमा छन् ।
भारतबाट आउनेको सङ्ख्या बढेपछि क्वारेनटाइन बढाएर ४० पुर्याइएको छ ।
प्रतिक्रिया राख्नुहोस्