तपाईँ सुन्दै हुनुहुन्छः

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा । बाजुरामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–५ मनाका ६० वर्षीय डम्म साउँद रहेका छन् ।

असोज २५ गते पान्लोटे भन्ने ठाउँमा भैँसी गोठनजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्रस्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको स्थानीय नरेन्द्र थापाले मुम्बई बाट जानकारी दिनुभयो ।

अरिङ्गालको घर भत्काउन साउँदसँगै गएका अर्का स्थानीय बडिमालिका नगरपालिका–५ मनाकै ६५ वर्षीया अङ्गे बडूवालको भने यसअघि नै घटनास्थलमै मृत्यु भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button