तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँ कात्तिक दोस्रो साता स्वेदश फर्किनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button