तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी । महोत्तरीमा  करेन्ट लाग्दा  एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएकी छिन । करेन्ट लागेर गौशाला नगरपालिका ३ पचाईन टोलकी बालिका करीनाको मृत्यु भएको हो ।

स्थानीय बिनोद महतोले जङ्गली जनावरबाट तरकारी जोगाउन खेतको चारैतिर नाङ्गो तारमा करेन्ट प्रवाह गरेकोमा धान काट्न गइरहेको बेला शुक्रबार बेलुका बालिकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताउनुभयो । बालिकालाई करेन्ट लागेपछि जोगाउन खोज्दा १८ वर्षिया राधा कुमारी महतो र १४ वर्षिया विभा कुमारी महतो समेत घाइते भएको डिएसपी जयसवारले बताउनुभयो ।

मृतक बालिकाको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको  छ ।

करेन्ट लागेर घाइतेहरूको गौशाला स्थित निजी अस्पतालमा उपचार भैईरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नो खेतमा लगाएको करेन्ट लागेर बालिकाको मृत्यु भएको खबर पाएपछि फरार रहेका जग्गाधनी बिनोद महतोको खोजी कार्य भइरहेको डिएसपी जयसवारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button