तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका कृषि मन्त्रीद्वारा वीरगञ्ज कृषि औजार कारखानाको अवलोकन

हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले वीरगञ्जस्थित राष्ट्रिय आविष्कार केन्द्रको बाट सञ्चालित कृषि औजार कारखाना अवलोकन गर्नुभएको छ ।अवलोकनका क्रममा मन्त्री श्रेष्ठले कारखाना सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले बागमती प्रदेशका किसानहरूलाई आवश्यक पर्ने कृषि तथा अन्य औजारहरू स्थानीय स्तरमै उत्पादन गर्न जोड दिनुभयो। “बजारको माग र भौगोलिक विशेषता अनुरूपका औजार उपकरण निर्माण गर्नुपर्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो।

यसअघि चीन र भारत लगायत विदेशबाट आयात गरिने कृषि औजारहरू अब स्वदेशमै उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री श्रेष्ठले बताउनुभयो। “यसले विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गर्नेछ,” उहाँले थप्नुभयो।

राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रितेश देवले केन्द्रमा भइरहेका कामबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो। मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा कारखाना सञ्चालनका लागि आवश्यक रकम विनियोजन गर्ने आश्वासन दिनुभएको थियो। यस अवसरमा वन मन्त्री कृष्ण सिलवाल  लगायतको टोलीले पनि कारखाना र आविष्कार केन्द्रको अवलोकन गर्नुभएको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button