तपाईँ सुन्दै हुनुहुन्छः

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक होटलमा राखेर १२ वर्षीया बालिकालाई दुई दिनसम्म बलात्कार गरिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीया बालिकालाई बैजनाथ गाउँपालिकाका तीन जना किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर बलात्कार गरेका हुन् । असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा बालिकालाई बलात्कार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । बालिकाले आज नै बलात्कार भएको जाहेर दिएकी थिइन् ।

प्रहरीले बलात्कार आरोप लागेका तीन जना १९ वर्षीय किशोर, एक जना २० वर्षीय र एक जना २४ वर्षीय युवकलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button