तपाईँ सुन्दै हुनुहुन्छः

विकासमा जनताको प्रत्यक्ष सहभागिता भए मात्र दिगोपन आउँछ : महासचिव पोखरेल

बंगलाचुली । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल एमाले र नेपाली काङ्ग्रेस सरकार गठन भएसँगै विकास खर्च बढेको बताउनुभएको छ ।

महासचिव पोखरेलले नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा आएको सुधारका कारण विकास खर्च बढेको बताउनुभयो ।उहाँले जनतामा छाएको निराशालाई हटाउँदै विकास र समृद्धिका लागि दुई ठूला दल मिलेर सरकार सञ्चालन गरेको बताउनुभयो ।

नेकपा (एमाले) दाङको बङ्गलाचुली गाउँपालिका कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा महासचिव पोखरेलले २०८४ निर्वाचनमा एमाले र काङ्ग्रेस एक्ला एक्लै निर्वाचनमा होमिने बताउनुभयो ।

महासचिव पोखरेलले कार्यकर्ताहरूलाई व्यावसायिक उत्पादनमा लाग्न निर्देशन दिनुभयो । उहाँले एमालेले अघि सारेको स्मार्ट एग्रिकल्चरलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले विकासमा जनताको प्रत्यक्ष सहभागिता भए मात्र दिगोपन आउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button