तपाईँ सुन्दै हुनुहुन्छः

गुरुकुल एकेडेमीद्वारा दसैँको दिन निःशुल्क बस सेवा सञ्चालन

दाङ । दाङको एक निजी विद्यालयले दसैँको टीकाको दिन आज निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

जिल्लामा रहेको गुरुकुल एकेडेमीले सञ्चालन गरेका निःशुल्क बस सेवा दिउँसो १:०० बजेदेखि साँझ ५ बजेसम्म चल्ने छन् ।

आज सार्वजनिक गाडी कम मात्रामा चल्ने र यात्रुको चाप धेरै हुने भएकाले सर्वसाधारणको सहजताका लागि निःशुल्क यातायात सेवा दिइएको गुरुकुल एकेडेमीका अध्यक्ष अनन्तराज घिमिरेले बताउनुभयो ।

आज गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस र तुल्सीपुरबाट २ वटा गरी जम्मा ५ वटा बस निःशुल्क सञ्चालन भएका छन् ।

गुरुकुल एकेडेमी घोराहीका बसहरू घोराहीको तुलसीपुर चोकबाट नारायणपुरसम्म, तुलसीपुर चोकबाट गोग्लिसम्म र आर्मी ब्यारेकबाट दिपशिखा चोकसम्मको रुटमा चलिरहेका छन् ।

यसैगरी तुलसीपुरका बसहरू आँखा अस्पताल रक्षाचौरबाट शीतलपुरसम्म र विद्युत् कार्यालयबाट दुधरास सम्मको रुटमा चलिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button