तपाईँ सुन्दै हुनुहुन्छः

सडक जोडिए सङ्गै स्थानीय बासिन्दा खुसी

डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १,२,र ३ सम्म सडक जोडिएको छ ।

मुड्केचुलाको साबिकको कालिका गाविसको भोटाऔल गाउँ हुँदै मालुवाकुना सम्म सडक जोडिएको जगदुल्ला हाइड्रोपावरका प्राविधिक युवराज बोहराले जानकारी दिनुभयो । नयाँ जोडिएको सडक त्रिवेणी देखि मालुकाकुना सम्म ५ किलोमिटर सडकको निर्माणकार्य भएको प्राविधिक बोहोराले बताउनुभयो ।

जगदुल्ला हाइड्रोपावरले ठेक्का द्वारा शेर्पा कन्स्ट्रक्सन मार्फत सडकको निर्माणकार्य गरेको हो । जोखिम मोलेर चट्टान र भिर छिचोल्दै सडक निर्माण गरेको शेर्पा कन्स्ट्रक्सनका प्रोप्राइटर पासङ्ग शेर्पाले बताउनुभयो ।

सडक पुगेपछि स्थानीय मानिसहरूले पुगेका सवारी साधन र बाटो निर्माण गर्ने निर्माण कम्पनीका प्रोप्राइटर, जनप्रतिनिधि र काम गर्ने सबैलाई फुलमालाले स्वागत गर्दै खुसी भएका छन् । अहिले त्रिवेणिको मोटेरेबल पुन बन्न नसक्दा झोलुङ्गे पुल बाट बाईक मात्र लिन सकिने भएको छ ।

दशैको मुखमा सडक जोडिए पछि सहज तरिकाले आवतजावत गर्न मात्र नभएर आवश्यक सरसामान ल्याउन र पठाउन सजिलो भएको स्थानीय लाल बहादुर बोहराले खुसी व्यक्त गर्नुभयो ।

गाडी लिनको लागि मोटेरेबल पुल निर्माण गर्नु पर्ने भएको छ । ५/७ बर्ष देखि क्याराभान कन्स्ट्रक्सनले जिम्मा लिएको त्रिवेणिको पक्की पुल अहिलेसम्म बन्ने नबन्ने कुनै अत्तोपत्तो छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button