तपाईँ सुन्दै हुनुहुन्छः

बारामा २ सय ५० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा

बारा । कलैया उपमहानगरपालिका–१ मा समाज कल्याण सहयोगी संस्थाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान तथा निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।

आयोजक संस्थाका उपाध्यक्ष अनिल कुमार गौरवका अनुसार कार्यक्रमको उद्घाटन बारा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा क का प्रदेश सांसद रबिनदास श्रेष्ठले गर्नुभएको थियो ।

७० वर्ष पुगेका २ सय ५० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष मोहन बहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद श्रेष्ठले समाजमा अरू सरह ज्येष्ठ नागरिकलाई पनि बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो । 

कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले कलैया उपमहानगरपालिकामा सेवा लिने आउने ज्येष्ठ नागरिकलाई सहज, सरल रुपमा छिटो छरितो सेवा प्रवाह गर्नमा कुनै कसर बाकी नराख्नलाई कर्मचारीहरूलाई निर्देशन दिइसकेको बताउनुभयो । 

संस्थाका अध्यक्ष रामअसिस साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, आयोजक संस्थाका उपाध्यक्ष अनिल कुमार गौरव, सहसचिव बसन्त घिमिरे, बिमा सहजकर्ता आरती चौधरी लगायतले आफ्नो बिचार व्यक्त गर्दै ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button