तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व लक्षित सुरक्षा योजना लागू, साढे तीन सय बढी प्रहरी परिचालन

डडेल्धुरा ।  डडेल्धुरामा दसैँ, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चाडपर्वको समयमा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नका लागि सुरक्षा योजना अन्तर्गत प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले चाडपर्वका लागि जिल्लामा साढे तीन सय बढी प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गर्दै लागू गरेका छौँ,’ उहाँले भन्नुभयो ‘चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन् । हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौँ । त्यसका लागि सामान्य समयको भन्दा थप प्रहरी परिचालन गरेका छौँ ।’ 

उहाँका अनुसार दसैँ–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button