तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञवालीद्वारा शपथ ग्रहण

प्रतिष्ठानको रजिस्ट्रारमा गुरागाईँ र संयोजकमा चुडाल नियुक्त

बिश्वराम अधिकारी

मकवानपुर । बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.प्रदीप ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज एक समारोहकाबीच ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरू, सचिवहरू लगायतको उपस्थिति रहेको थियो । बुधबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त उपकुलपति ज्ञवालीले शुक्रबार नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाईँ र संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गर्नुभएको छ । उपकुलपति डा.ज्ञवालीले रजिस्ट्रार गुरागाईँ र संयोजक चुडाललाई सपथ समेत गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button