तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुरिँदा एक पुरुषको मृत्यु

बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ हरियाली चोक नजिक आज शुक्रबार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४८ वर्षीय बुद्धि राज चौधरीको मृत्यु भएको छ। चौधरी माटो खन्दै गर्दा अचानक माटोको ठूलो ढिस्को खस्दा उहाँ त्यसमा पुरिनुभएको थियो।

घटनाको खबर पाएपछि प्रहरी निरीक्षक रविन्द्र अधिकारीको नेतृत्वमा ५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवास्था बाँकेको टोली तुरुन्तै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button