तपाईँ सुन्दै हुनुहुन्छः

‘गणेश रसिक : अभ्यर्थना ग्रन्थ’ सार्वजनिक

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ गीतकार तथा सङ्गीतकार गणेश रसिक अभ्यर्थना ग्रन्थ सार्वजनिक गर्नुभएको छ ।

भोजपुरे सेवा समाजले आज आयोजना गरेको एक समारोहमा अभ्यर्थना ग्रन्थ सार्वजनिक गर्दै पूर्व राष्ट्रपति भण्डारीले जनबोलीमा कालजयी गीतसङ्गीत प्रस्तुत गरेर समाज र मुलुकका लागि विशिष्ट योगदान पुर्‍याउनुहुने सङ्गीतकार रसिकको प्रशंसा गर्नुभयो ।

सुदर्शन श्रेष्ठ र शशी लुबुम्बुले सम्पादन गर्नुभएको अभ्यर्थना ग्रन्थ रसिकबारे गीतकार एसपी कोइराला र बुलु मुकारुङले प्रकाश पार्नुभयो ।

समारोहमा भोजपुरमा जन्मेर राज्यका विशिष्ट निकायमा पुग्न सफल व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button