तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना:  करिब ११ हजार प्रहरी परिचालन

धनगढी । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत करिब ११ हजार प्रहरी परिचालन गरिने भएको छ ।

धनगढी स्थित प्रदेश प्रहरी कार्यालयका अनुसार दशैँ तिहार छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा रणनीति योजना बनाएर प्रहरी परिचालनको व्यवस्था गरिएको छ । चाडपर्वका वेला कैलाली सहित नौ वटै जिल्लामा गरी करिब ११ हजार प्रहरी खटिने छन् । आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिने गरि शान्ति सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल(भारत सिमानाकामा उच्च सुरक्षा सतर्कता, चेकजाँचमा कडाइ, सहज आवागमन, चोरी तस्करी नियन्त्रण, राजमार्ग तथा वित्तीय लगायतका क्षेत्रलाई  प्राथमिकतामा राखिएको बताउनु भयो ।

सुरक्षा संवेदनशीलता हेरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको र बसपार्क तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको उहाँले बताउनु भयो ।

दशै नजिकिँदै जाँदा रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि सिमानाकामा भिडभाड बढ्दै गएको छ । यो बेलामा सिमानाका क्षेत्रमा सुरक्षाकर्मीबाट विभिन्न सास्ती झेल्नु परेको जनगुनासो पछि नाकामा नागरिक हेल्प डेस्क स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button