तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज भन्सारबाट २ महिनामा १ अर्ब ९१ करोडको खाद्यान्न आयात

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जको आइसिपी भन्सार हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को २ महिनामा १ अर्ब ९१ करोड १३ लाख ३६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा ६१ करोड २४ लाख ७८ हजार मूल्य बराबरको मकै भित्रिएको छ भने सो अवधिमा ९६ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको धान भित्रिएको छ ।

त्यसैगरी आइसिपी भन्सार नाकाबाट सो अवधिमा २२ करोड १७ लाख २८ हजार मूल्य बराबरको चामल भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यसैगरी वीरगञ्ज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न ११ करोड ३८ लाख ७४ हजार मूल्य बराबरको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button