तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा  दिगोपना घोषणा गरिएको छ ।

१५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नु भएको हो । 

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता थियो ।

बालबालिकाहरूमा विभिन्न सरुवा रोग विरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाईटिस, जापानी इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरस बाट हुने झाडापखाला विरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्णखोप घोषणागरी सुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button