तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्कीद्वारा उद्धार कार्यमा सक्रिय भएर लाग्न सुरक्षा निकायलाई निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तर वर्षाका कारण डुबानमा परेका क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गर्दै उहाँले बाढीमा फसेका ३४ जनाको तत्काल उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो । उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ ।

यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन पनि सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभयो । अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ ।

अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । कोशीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button