तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको दुई छुट्टा छुट्टै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका १० खयरमारास्थित शिर खोला र गौशाला नगरपालिका ८ कुशमाडीस्थित सोनी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

गौशाला नगरपालिका ८ कुशमाडीस्थित सोनी खोलाले बगाएका दुई जनामध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो ।

मृत्यु हुनेहरूमा बर्दिबास नगरपालिका १० खयरमारा झ्याउरे भाङ्ग्रेका २१ वर्षीय मानबहादुर थिङ र गौशाला नगरपालिका ८ कुशमाडी १६ वर्षीय रोहित साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ११ वर्षीय करिना महतोलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button