तपाईँ सुन्दै हुनुहुन्छः

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर I अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । 

फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिनुभयो ।

 उहाँका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो । गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो । ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button