तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो।

उहाँले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन पनि दिनुभएको छ ।

साथै राष्ट्रपति पौडेलले विपद्को यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गर्नुभएको छ । उहाँले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button