तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा बाढी हेर्न गएका दुई जनालाई बाढीले बगायो, एकको सकुशल उद्धार

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ कुस्मादीमा सोनी नदीले दुई जना बालबालिकालाई आज शनिबार दिउँसो बगाएको छ । सोनी नदीको बाढी हेर्न आएका १६ वर्षीय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएको हो।

ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार खोजी कार्य तीव्र बनाएको थियो । करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीमा प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित भने भेटिएका छैनन् ।

रोहितको खोजिकार्य तीव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button