तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध राप्ती राजमार्ग एकतर्फी सञ्चालन

सल्यान । अविरल वर्षाका कारण अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टा पछि सञ्चालनमा आएको छ ।

सल्यान र दाङ जिल्लाको सिमानामा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री नजिकै सडक भासिएपछि अवरुद्ध सडक नयाँ ट्रयाक खोलेर एकतर्फी सञ्चालनमा आएको हो । स्काभेटरको सहायताले भित्ता काटेर सडक निर्माणपछि एकतर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक सञ्चालनमा आएसँगै बिहानैदेखि बिच बाटोमा रोकिएका सयौँ सवारी साधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेको उहाँको भनाई छ । सडक भासिएको स्थान वरपर अझै जोखिम भएकाले अत्यावश्यक काममा मात्र उच्च सतर्कता अपनाएर आवतजावत गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ–सल्यान–सुर्खेत र सल्यान–बालुवासंग्रही–सुर्खेत सडक पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button