तपाईँ सुन्दै हुनुहुन्छः

सडक भाँसिए पछि राप्ती राजमार्ग अवरुद्ध

सल्यान । अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तरगत चोरखोला राम्री  सडक खण्ड  भाँसिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका स्थित राम्री नजिकै शनिबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  ।

 सडक भाँसिदा लामो तथा छोटो दुरीका यातायातका साधन पुर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।  सडक  पुर्णरुपमा भाँसिएकाले केही दिन सम्म सवारी आवागमन ठप्प हुने खत्रीले बताउनु भयो । उहाँका अनुसार सडक धेरै तल बाट भासिएकाले मर्मत गर्न करिब ४∕५ दिन समय लाग्ने बताउनु भयो । 

सडक सुचारु नहुँदा सम्म ठुलो सवारी साधन ठप्प हुने बताउनु भयो । साना सवारी साधनका आवागमनका लागि भने कपुरकोट पाखापानी अन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिएपनी पानी परिरहेकाले समस्या आएको बताउनु भयो । भासिएको सडकमा मर्मतका लागि ठुलो वाल निर्माण गर्नुपर्ने देखिएको बताउनु भयो ।

यस्तै सुर्खेत सल्यान सडक  अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका ८ कोटभिरमा पहिरो जाँदा सडक  पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन बिच बाटोमै रोकिएका छन् । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button