तपाईँ सुन्दै हुनुहुन्छः

कोप २९ मा नेपालको तयारीका विषयमा छलफल

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले विश्व जलवायु सम्मेलन कोप २८ को कार्यप्रगती र कोप २९ मा नेपालको तयारीका विषयमा छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा भएको छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले कोप २९ मा जलवायु परिवर्तनमा नेपालले भोगिरहेको समस्या र हिमालका एजेन्डालाई अगाडि बढाउने बताउनुभयो । 

मन्त्री ठकुरीले २९ कोपमा विज्ञ र आवश्यक सङ्ख्या मात्र जाने गरी व्यवस्थापन गरिने भन्दै नेपाललाई फाइदा पुग्ने विषयमा सुझाव सङ्कलन गर्ने र विज्ञसँग छलफल भइरहेको बताउनुभयो । 

बैठकमा सांसदहरुले कोप २९ मा आवश्यक सङ्ख्या मात्र जानुपर्ने, हिमाल पग्लेर कालो पहाडमा परिणत भइरहेको, हिमताल फुटेर जनधनको क्षति भएको लगायतका विषयलाई अन्तर्राष्ट्रिय फोरममा महत्वका साथ राख्न सुझाव दिनुभयो । 

सांसदहरुले विश्वले गरेको कार्बन उत्सर्जनबाट नेपालले समस्या भोगिरहेको भन्दै त्यसबापत क्षतिपूर्ति पाउनुपर्ने र कार्बन व्यापारका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button