तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर ।  बागमती प्रदेशसभा बैठक आज (आइतबार) बस्ने भएको छ । आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

गत १६ साउनमा विज्ञान प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको बैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । शनिबार दिउँसो बसेको प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था समितिको बैठकले विशेष समय र विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची तयार गरेको हो । 

बैठकको निर्णय अनुसार विशेष समयमा दलीय हिसाबमा सांसदहरुले ३ मिनेटमा आफ्नो धारणा राख्नेछन् भने सोपश्चात् बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको २ वटा र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा विधेयकको प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन् ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button