तपाईँ सुन्दै हुनुहुन्छः

“मातृत्व, कर्तृत्व नेतृत्व” भन्ने मुल नाराका साथ तेस्रो जितिया महोत्सव सम्पन्न

सुनसरी । सुनसरीको इनरुवामा “मातृत्व, कर्तृत्व नेतृत्व” भन्ने मुल नाराका साथ तेस्रो जितिया महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

राष्ट्र सेविका नेपालको आयोजनामा तेस्रो जितिया महोत्सव २०८१ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

नगर क्षेत्रका १० हजार बढी महिलाहरूको सहभागितामा तेस्रो जितिया महोत्सव भव्यताका साथ सम्पन्न भएको राष्ट्र सेविका नेपालकी सुमित्रा मेहताले जानकारी दिनुभयो ।

सम्पन्न भएको कार्यक्रममा वक्ताहरूले महान् पर्व जितियाको विविध धार्मिक, ऐतिहासिक र पौराणिक तथ्यबारे चर्चा गर्दै व्रत बस्न लागेकाहरूलाई शुभकामना समेत दिनुभएको थियो ।

जितिया पर्वमा विशेष गरी तराई मधेशका मधेसी तथा थारु महिला निराहार व्रत बस्ने गर्छन् । जितिया पर्व तराईमा बसोबास गर्ने मधेसी, मैथिली र थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्वको रुपमा मान्ने गरिन्छ ।

कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारी, गढीका उपाध्यक्ष अनिताकुमारी साह, मैथिलीका साहित्यकार तथा गायक रुपा झा, धिरेन्द्र झा, सल्लाहकार दिलिपचन्द साह लगायतका रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button