तपाईँ सुन्दै हुनुहुन्छः

बिहानी कप फुटबल : बोखिमलाई हराउँदै दिङला बन्यो विजेता

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको फाइनल खेलमा बोखिमलाई हराउँदै दिङला विजेता बन्न सफल भएको छ ।

दोस्रो संस्करणको रुपमा असोज दुई गतेबाट सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा चार गोल गर्दे दिङलाको षडानन्द मावि बिहानी कप फुटबलको विजेता बनेको हो ।

दिङलाका तर्फबाट आठ नम्बर जर्सीका रेविसन माझीले तीन गोल गरेका थिए भने पाँच नम्बर जर्सीका उज्ज्वल बस्नेतले अर्को गोल थप्दै खेललाई ४–० को अवस्थामा पुर्‍याएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच दिङलाका आठ नम्बर जर्सीका रेविसन माझी भए । प्रतिस्पर्धामा रहेको बोखिमको पञ्चकन्या माविले कुनै पनि गोल गर्न सकेन ।

बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा सञ्चालित प्रतियोगिताको विजेता दिङलाले नगद ४४ हजार चार सय ४४ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको बोखिमले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

यस्तै प्रतियोगिता तर्फ वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरूले समेत पुरस्कार पाएका छन् भने प्रतियोगितामा सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई पनि कदर पत्र प्रदान गरिएको छ ।

भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले प्रमुख निर्णायकलाई बल हस्तान्तरण गरेसँगै फाइनल खेल सुरुवात भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button