तपाईँ सुन्दै हुनुहुन्छः

‘जानकी मन्दिर सफा राख्नु सबैको दायित्व’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीको अगुवाइमा विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री लेखीले विश्वका सनातन हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर सफा राख्ने दायित्व सबैको भएको बताउनुभयो ।

सरसफाई कार्यक्रममा नेपाल प्रहरीका प्रहरी मधेश प्रदेशका प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य, मन्त्रालयका निमित्त सचिव सन्दीप कुमार सिंह, अन्य सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सामाजिक संघ संस्थाहरूका प्रमुखहरू, सामाजिक अभियन्ताहरु र पत्रकारहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button