तपाईँ सुन्दै हुनुहुन्छः

राज्यविरुद्धको कसुरमा भुसालमाथि अनुसन्धान सुरु

काठमाडौँ । नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसूर) को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो । अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरिरहेको अवस्थामा भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button