तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीद्वारा रेडियो नेपाल कर्णाली प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको निरीक्षण

करिश्मा चौधरी

सुर्खेत । रेडियो नेपाल कर्णाली प्रादेशिक प्रसारण कार्यालय सुर्खेतमा आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निरीक्षण गर्नुभएको छ ।

मुख्यमन्त्री कँडेलले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र प्रदेश सरकार मातहत राख्दा राम्रो हुने धारणा ब्यक्त गर्नुभयो ।

यस अवसरमा रेडियो नेपाल कर्णाली प्रादेशिक प्रसारण कार्यालयका कार्यालय प्रमुख आनन्द विश्व पन्तले यस प्रसारण केन्द्रबाट प्रसारण हुने कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । कार्यालय प्रमुख पन्तले कर्णाली प्रदेश अन्तर्गतका एफ.एम.रिले स्टेसन र प्रसारण पहुँचको बारेमा मुख्यमन्त्री कँडेल समक्ष जानकारी गराउनुभयो ।

यसैबीच, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको परिसरमा संविधान दिवसको अवसर पारी कार्यालय परिसरमा ५० वटा बिरुवा रोपिएको छ ।

कार्यालय परिसरमा लिची, तेजपात, रिट्ठा, मसला र कल्कीको बिरुवा रोपिएको रेडियो नेपाल कर्णाली प्रादेशिक प्रसारण कार्यालयका प्रमुख आनन्द विश्व पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button