तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको स्थानीय टुँडिखेलमा बिहानी कप फुटबल सुरु

भोजपुर । १४ टिमको सहभागितामा भोजपुरमा बुधवारबाट अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

दोस्रो संस्करणको रुपमा सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको निर्णायकलाई बल हस्तान्तरण गर्दे भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले उद्घाटन गर्नुभयो ।

बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको आयोजक क्लबका अध्यक्ष विकल श्रेष्ठले जानकारी दिनुभयो । नकआउटका आधारमा खेलाइएको प्रतियोगिता अन्तर्गत पहिलो दिन छ वटा खेल सञ्चालन भएका छन् । जसमा चण्डेश्वरी मावि नागीलाई हराउँदै सगरमाथा बोडिङ स्कुल, जनकल्याण माविलाई पराजित गर्दे पञ्चकन्या मावि बोखिम, जनसेवा माविलाई हराउँदै विद्योदय मावि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीलाई जित्दै षडानन्द मावि दिइला अर्को चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा विजेता हुने टिमलाई नगद ४४ हजार ४ सय ४४ र उपविजेतालाई नगद २२ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिता तर्फ वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक बिहानी फुटबल क्लबले जनाएको छ ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा सञ्चालन हुने प्रतियोगिता असोज ५ गतेसम्म हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button