तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा नगर स्तरीय वक्तृत्वकला सम्पन्न

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा १० औँ संविधान दिवसको अवसरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

गैरसरकारी संस्था महासङ्घ, उद्योग वाणिज्य संघ, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीको आयोजनामा ‘शिक्षासम्बन्धी हकको कार्यान्वयन र चुनौती’ विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा भगवती माविकी शुस्मा कामैत प्रथम, स्मल हेभेन एकेडेमीकी एन्जिला घोस द्वितीय र शारदा मावि बलाहाकी युनिसा कटुवाल तृतीय हुनुभयो ।

कार्यक्रममा सन्तोष काफ्ले र प्रकाशमणि पोखरेल निर्णायकको भूमिकामा रहनुभएको थियो ।

प्रतियोगिताको उद्घाटनमा गैरसरकारी संस्था महासङ्घका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, उद्योग वाणिज्य संघका वीरेन्द्र कुमार साह, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदी, पत्रकार सहितले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button