तपाईँ सुन्दै हुनुहुन्छः

वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको छ ।

मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र कतारबिचको सन १९७७ देखिको कूटनीतिक सम्बन्ध, उच्चस्तरीय भ्रमण र द्विपक्षीय भेटघाटका विषयमा छलफल भएको निजी सचिवालयले जनाएको छ ।

नेपाल र कतारबिचको सम्बन्ध आपसी विश्वास, समझदारी र सहयोगमा आधारित रहेको मन्त्री शाहीले बताउनुभयो ।

पर्यटन पूर्वाधार ऊर्जा र निर्माण कार्य क्षेत्रमा कतार सरकारको लगानी उल्लेखनीय रहेको मन्त्री शाहीले सुनाउनुभयो । नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्न कतारले सक्रिय भूमिका खेलेको मन्त्री शाहीले बताउनुभयो ।

कतार सरकारलाई उपहार स्वरूप नेपाली हात्तीहरूको हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा भइसकेको हुँदा यथासम्भव छिटो हस्तान्तरण हुने मन्त्री शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button