तपाईँ सुन्दै हुनुहुन्छः

 रोल्पामा कोभिड-१९ विरुद्धको खोप लगाइँदै

रोल्पा । रोल्पा जिल्लामा कोभिड १९ रोग विरुद्ध पुनः ४० हजार डोज खोप लगाइने भएको छ । यही असोज महिनाको ६ गते देखी १० गते सम्म रोल्पा जिल्लामा रहेका स्थानीय तहका ७२ वटा वडाका स्वास्थ्य संस्था ,स्वास्थ्य चौकी ,खोप केन्द्रहरूको साथै रोल्पा अस्पताल रेउघामा पनि खोप लगाइने छ । 

खोप लगाउनको लागी ९ सय स्वास्थ्य कर्मी परिचालन हुने भएका छन् १२ वर्षका उमेर समूहका व्यक्ति देखी माथिका सबैलाई उक्त खोप लगाइने छ विगतको कोभिड १९ सङ्क्रमणको बेला रोल्पामा मात्रै ५५ जनाले कोभिड १९ सङ्क्रमण रोगबाट ज्यान गुमाएका थिए । यस पटक पनि महामारी नफैलियोस् र कसैको पनि कोभिड १९ सङ्क्रमणबाट ज्यान नजाओस् भनेर पूर्व तयारी स्वरूप पुनः खोप लगाइने भएको हो । खोप लगाउन जाँदा विगतमा लगाएको खोप कार्ड भए पहिचानको लागी लैजानुपर्ने छ भने नयाँ खोप कार्ड पनि दिइने छ ।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डाक्टर विशाल सुबेदीका अनुसार रोल्पाको जनसङ्ख्या अनुसार ४० हजार डोज खोप पर्याप्त भने नभएको बताउनुभयो उहाँका अनुसार तोकिएको मितिमा १२ वर्ष उमेर समूहका व्यक्ति देखी माथिका सबैलाई खोप लगाइनेछ तर खोप लगाउनको उपस्थित भएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिने र खोप लगाउँदा लगाउँदै अपुग भएमा खोप माग गरेर थप गरिने बताउनुभयो भने खोप सम्बन्धी अन्तरक्रिया ,छलफलको साथै खोप स्वास्थ्य संस्थासम्म पुगिसकेको डाक्टर सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button